जिल्लापालको उपस्थितिमा मतगणना अधिकारीहरुको प्रशिक्षण समाप्त

IMG-20240525-WA0267.jpg

गान्तोक: नाम्ची जिल्लाका मतगणना पर्यवेक्षक, मतगणना सहायक र माइक्रो पर्यवेक्षकहरुको दोस्रो चरणको तालिमको अन्तिम दिनको सत्रमा जिल्लापाल तथा जिल्ला निर्वाचन अधिकारी अन्नपूर्णा आले, अतिरिक्त जिल्लापाल सुनील मोथे, महकुमा अधिकारी सिसुम वाङ्चुक भोटिया लगाय अन्य वरिष्ठ अधिकारीहरुले मतगणनाबारे विस्तृतरुपमा जानकारी गराए। जिल्ला निर्वाचन अधिकारी आलेले सबै अधिकारीहरूलाई २ र ४ जूनको दिन गणना सुनिश्चित गर्न तालिमको क्रममा ध्यान दिने अपील गरिन्। अर्का महकुमा अधिकारी छिरिङ नोर्ग्याल थीङले बिहानको प्रशिक्षण सत्र सुरु गर्दै मतगणना प्रक्रियाका बारेमा संक्षिप्त चर्चा गरे। अधिकारीहरुलाई उनीहरुको जिम्मेवारी र मतगणना प्रक्रियामा पालना गर्ने प्रोटोकलबारे जानकारी गराए। दिउँसोको सत्रलाई अधिकारी भूमिका छेत्रीले प्रशिक्षण गराइन्। दुबै प्रशिक्षकहरूले व्यावहारिक प्रदर्शनका साथ इलेक्ट्रोनिक भोटिङ मेसिन, भोटर भेरिफायेबल पेपर अडिट ट्रेलको बारेमा जानकारी गराएका थिए। उनीहरुले मतगणनाको क्रममा कुनै पनि समस्या हुन नदिन सबै मतगणना अधिकारीहरुले लगनशील भएर काम गर्नुपर्नेमा जोड दिए। इभिएम र पोस्टल व्यालेट जाँच गर्ने प्रक्रियाबारे जानकारी दिँदै मतदानको गोपनीयता कायम राख्ने महत्त्वलाई प्रकाश पारे। यसबाहेक, सबै गणना अधिकारीहरूको तयारी हेर्नको लागि प्रशिक्षार्थीहरूको मूल्याङ्कन पनि गरिएको थियो। प्रशिक्षार्थीहरूलाई तकनिकी जानकारी पनि गराइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement