खरसाङको कटलेरी पाखा ग्राम सुधार समितिद्वारा मेधावी विद्यार्थीवर्गलाई सम्बर्ध्दना

IMG-20240525-WA0259.jpg

खरसाङ: खरसाङको कटलेरी – पाखा ग्राम सुधार समिति (समाज) द्वारा ग्रामका दशौं र बाहौं श्रेणीमा उत्तीर्ण विद्यार्थीवर्गलाई सम्बर्ध्दना जनाइएको छ। खरसाङको कटलेरी निवासी राजेन छेत्री र राधा छेत्रीका सुपुत्र राहुल राज क्षेत्री गोयल्स मेमोरियल स्कूलबाट ९८ प्रतिशत अंकसहित आईसीएसई परीक्षामा जिल्ला तप्पर भएका हुन् भने दिपक लेप्चा र झूमा राणा लेप्चाका सुपुत्र आयुश लेप्चा भिक्टोरिया मेमोरियल हाई स्कूलबाट ९३.७५ प्रतिशत प्राप्त गरी आईसीएसई टप्पर, स्वर्गीय राज किशोर राई र सरला राईका सुपुत्र आजर्व- राज राई सिलगढी डन बस्को विद्यालयबाट ९६.०४% लिई आईएससी टप्पर भएका हुन्। यस लगायत ग्रामका डीबी बस्नेतकी सुपुत्री आयुष्मा बस्नेत, स्व भीम छेत्री र प्रिती क्षेत्रीका सुपुत्र वंश छेत्री औं पासाङ लामा र ममता लामाका सुपुत्र देवाङ लामा आदि आईसीएसई र आईएससी परीक्षामा उत्तीर्ण भएको खण्ड‌मा ग्रामवासीको पक्षमा हर्ष महसुस गर्दै बधाई एवं भविष्यमा सफलताको निम्ति शुभकामना व्यक्त गर्दै सम्बर्ध्दना कार्यक्रमको आयोजना गरियो। कार्यक्रमको अध्यक्षता समाजका वरिष्ठ सदस्य भूतपूर्व सैनिक मेजर डीके गुरुङले गरेका थिए भने स्वागत सम्भाषण सचिव सह‌देव मंग्रातीले राखेका थिए। शिक्षिका रञ्जना प्रधानद्वारा सञ्चालित कार्यक्रममा उपस्थित अभिभावक समाज सदस्य गणले पनि बधाई एवं शुभकामना टक्र्याएका थिए। सम्बर्ध्दित विद्यार्थीगणले आयोजक समितिलाई धन्यवाद एवं कृतज्ञता व्यक्त गरेका थिए।

कार्यक्रममा समाजको सभापति श्रवण कुमार क्षेत्री, कोषाध्यक्ष करूणा तामाङ, सल्लाह‌कार अन्तु थापा, सुवास शमो, बीबी मुखिया, अशोक तामाङ लगायत अन्य सदस्यवृन्दको साथमा विद्यार्थीवर्गको उपस्थिति रहेको थियो। विद्यार्थीवर्गलाई जीवनमा सफलताको साथ साथै असल व्यक्तित्वको निर्माण गर्दै समाज, क्षेत्र, तथा राष्ट्र‌को सेवामा अग्रसर हुने प्रेरणादायी विचारको साथमा शुभकामना ब्यक्त गरियो भनी रञ्जना प्रधानले जानकारी गराएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement