अनुसूचित जातिमाथि अभद्र व्यवहार साथै गाली गरेको भन्दै रजत तामाङ विरूध्द तीनधारेमा प्राथमिकी दर्ता

IMG-20240525-WA0257.jpg

खरसाङ: सामाजिक सञ्जालमा रजत तामाङ नामक व्यक्तिले अनुसूचित जातिको मानिसहरूलाई अभद्र व्यवहार गरेको भन्दै अखिल भारतीय नेपाली अनुसूचित जाति संघ तीनधारे शाखाद्वारा तीनधारे पुलिस आउटपोष्टमा एफआईआर दर्ता गरेका छन्। रजत तामाङ नामक व्यक्तिले सामाजिक सञ्जालमा अनुसूचित जातिलाई अभद्र व्यवहार गर्दै नराम्रो गालीहरू गरेको भन्दै तीनधारे क्षेत्रका अनिसूचित जातिका प्रतिनिधिहरू भेला भएर तीनधारे पुलिस आउटपोष्ट पोष्टको बड़ाबाबुलाई रजत तामाङ विरूध्द कानुनी कार्वाही र कड़ा कार्वाही गर्नलाई मांग गरिएको छ। रजत तामाङ विरूध्द पुलिस आउट पोष्टमा एफआईआर गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै अखिल भारतीय नेपाली अनुसूचित जाति संघ तीनधारे शाखाको सभापति अजय विश्वकर्मले रजत तामाङले अनुसूचित जातिमाथि अभद्र व्यवहार गरेको भन्दै कार्वाही गर्नलाई पुलिसमा एफआईआर गरिएको जानकारी गराएका छन्।

त्यसरी नै अखिल भारतीय नेपाली अनुसूचित जाति संघ तीनधारे शाखाको सचिव प्रशान्त बराईलीलेे रजत तामाङद्वारा सामाजिक सञ्जालमा गलत तरिकाले गाली गरेको र हामी सबै मिलेर फेसबुकमा गएर उजुरी गर्ने बताएका छन्। उनले रजतमाथि तामाङमाथि दार्जिलिङमा साईबर क्राइममा मुद्दा दर्ता गरिएको र अब हामी रजत तामाङको फेसबुक एकाउन्ट पनि बन्द भएको हुनुपर्छ साथै उनीमाथि कानुनी कार्वाही भएको हुनुपर्छ मांग गरेका छन्। उक्त प्राथमिकी तीनधारे पुलिस आउट पोष्टबाट खरसाङ थानामा फरवर्ड गरिएको पनि आउट पोष्टको प्रभारीले बताएका जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement