अनुसूचित जाति संघ खरसाङ महकुमा समितिद्वारा युटुबर रजत तामाङको विरोध

IMG-20240525-WA0255.jpg

खरसाङ: सामाजिक सञ्जाल युटुबमा शिलङको रजत तामाङले अनुसूचित जातिमाथि अभद्र व्यवहार गर्दै गाली गरेको भन्दै अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिद्वारा घोर विरोध र भर्त्सना जनाएका छन्। यसै विषयलाई लिएर आज खरसाङको गोर्खा जनपुस्ताकालय भवनमा अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समिति, विश्वकर्म समाज, दमाई समाज, सार्की आदिको संयुक्त सभा बसेर रजत तामाङले गरेको अभद्र व्यवहार साथै गाली गर्दै धेरै नराम्रो शब्दहरू बोलेको विषयमा विरोध जनाइएको छ। सभाको निर्णय अनुसार आगामी सोमबार अनुसूचित जातिको सबै संगठनहरू मिलेर खरसाङ थानामा ज्ञापन दिने र आरोपीलाई कठोर सजाय दिनु पर्ने मांग गरिने भएको छ। उक्त सभापछि पत्रकारहरूसित कुराकानी गर्दै अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिको सचिव प्रणय रोकाले आज हाम्रो अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिको महत्वपूर्ण सभा सम्पन्न भएको छ जसमा शिलङका युटुबर रजत तामाङद्वारा अनुसूचित जातिमाथि गरेको अभद्र व्यवहार साथै गालीलाई लिएर घोर विरोध जनाउँदै भर्त्सना पनि जनाइएको छ भनी बताएका छन्। यस कुरालाई लिएर आगामी सोमबार संगठनले रजत तामाङ विरूध्दमा खरसाङ थानामा ज्ञापन दिने तथा उनलाई कार्वाही गर्न प्रशासन समक्ष निवेदन गरिने बताएका छन्। उनले सबैलाई निवेदन गर्दै यस्ता व्यक्तिको च्यानल र युटुबलाई सस्क्राइब नगरिदिने तथा कसैले पनि यस्ता व्यक्तिको च्यानल नहेरिदिने निवेदन पनि गरेका छन्। यस क्रममा अन्यले रजत तामाङले गरेको अभद्र व्यवहार साथै गाली विषयमा घोर विरोध जनाएका छन्। सभामा अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिको अन्य पदाधिकारीहरू पनि उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement