नक्सलबारी आन्दोलनको शहीद दिवस पालन

gh-1.png

नक्सलबारी: ऐतिहासिक नक्सलबारी आन्दोलनको शहीद दिवस मनाइयो। शनिबार नक्सलबारीको बेनगाई जोतमा शहीद बेदीप्रति श्रद्धाञ्जली अर्पण गरी नक्सलबारी आन्दोलनको शहीद दिवस मनाइएको छ। नेकपा माओवादी केन्द्रले शहीद बेदीप्रति पुष्पहार अर्पण गरी यो दिवस मनाएको छ। नक्सलबारी, खोरीबारी र फाँसीदेवामा संस्थाका सदस्यहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए। स्मरण रहोस् कि २५ मई १९६७ मा नक्सलबारीमा पुलिसको गोली लागेर ११ जनाको मृत्यु भएको थियो। शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्न हरेक वर्ष सहिद दिवस मनाइन्छ। नक्सलबारी आन्दोलनको शहीद दिवस नक्सलबारीमा मात्र नभई सिलगढी सहित सम्पूर्ण राज्यका विभिन्न स्थानमा मनाइँदैछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement