चर्को गर्मीले त्रसित नगरवासीलाई  घरबाहिर निस्कन मुस्किल

1500x900_704836-market-siliguri.jpg

सिलगढी: उत्तर बङ्गालमा मात्रै होइन, यो सिजनको गर्मीले पूरै देशमा अहिलेसम्मका सबै रेकर्ड तोडेको छ। तर, उत्तर बंगालको तापक्रम अझै धेरै उचाइमा पुगेको छैन। तर पछिल्ला केही दिनदेखि पुरै उत्तर बङ्गालमा चर्को गर्मी भइरहेको छ। मौसम विभागको जानकारी अनुसार शुक्रबार सिलगढीले राज्यमा तापक्रमको हिसाबले रेकर्ड बनाएको छ। हिजो सिलगढीमा अधिकतम तापक्रम ४०.३ डिग्री सेल्सियस थियो। जुन सिलगढीमा कतै भएको छैन। यसैबीच, मौसम विभागको जानकारी अनुसार सिलगढीमा आज पनि तापक्रम ३८ देखि ४० डिग्री सेल्सियसको बीचमा छ। चर्को घाममा सहर चर्किरहेको छ। यस्तो अवस्थामा धेरै मानिस बिरामी परेका छन्। डाक्टरहरूले सबैलाई धेरै पानी र ओआरएस पिउन सल्लाह दिइरहेका छन्। दक्षिण बङ्गालमा चक्रवात रेमालको चर्चा चलिरहेको छ। मौसम विभागका अनुसार रेमालको प्रभाव उत्तर बङ्गालमा पनि पर्ने अनुमान गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement