इस्लामपुर: उत्तर दिनाजपुर जिल्लाको इस्लामपुरमा चर्को गर्मीमा पुलिसद्वारा मानिसहरूलाई राहत कार्य भइरहेको छl चर्को गर्मीका कारण सर्वसाधारणको जनजीवन अस्तव्यस्त बनेको छ। गर्मीबाट सर्वसाधारणलाई राहत दिन इस्लामपुर पुलिस चौकीको पहलमा जिल्ला पुलिस कार्यालयले टोटो चालकलगायत सर्वसाधारणलाई चिसो पेय पदार्थ, ग्लुकोज, ओआरएस उपलब्ध गराउँदै आएको छ। यस चर्को गर्मीमा सर्वसाधारण अत्यावश्यक काममा मात्रै घरबाट बाहिर निस्किरहेको इस्लामपुर पुलिस चौकीका आईसी हिरक विश्वासले बताए। यो गर्मीमा सर्वसाधारणलाई निकै समस्या हुने भएकाले इस्लामपुर पुलिसले सर्वसाधारण र टोटो चालकलाई ग्लुकोज र पेय पदार्थ उपलब्ध गराउँदै आएको छ। ट्राफिक पुलिसले पनि आफ्नो ट्राफिक पोइन्टमा गएर यो ओआरएस ग्लुकोज खुवाएको उनले बताए।












