अपार्टमेन्ट चोरी प्रकरण: चोरीको सामानसहित तीन जना पक्राउ

photocollage_202452517143131

सिलगढी: अपार्टमेन्ट चोरीको मुद्दामा चारदेखि पाँच लाख रुपियाँ बराबरको चोरीका सामानसहित तीनलाई मतिगढा पुलिस चौकीले पक्राउ गरेको छ। सात दिनमै पुलिसले अपार्टमेन्टमा भएको चोरीको रहस्य पत्ता लगाएको छ। यस मामिलामा तीन जना एमडी फारुक, आकाश मुन्डा र एमडी शहिदुललाई पक्राउ गरिएको छ। आज पुलिसले चोरीको आरोपमा पक्राउ परेकाहरुलाई सिलगढी अदालतमा पेश गरेको छ। १८ तारिख डागापुर नजिकैको नयाँ अपार्टमेन्टबाट ४ देखि ५ लाख रुपियाँ बराबरको सामान चोरी भएपछि सनसनी मच्चिएको थियो। यसपछि अपार्टमेन्ट व्यवस्थापनले मतिगढा थानामा लिखित उजुरी दिएपछि मटिगारा थानाको पुलिसले हिजो राति चोरीको सामान बरामद गरेको छl यस चोरीसित संलग्न रहेको आरोपमा तीन जनालाई पनि पक्राउ गरेर आज ती सबैलाई सिलगढी अदालतमा पेश गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement