सिलगढी: फाँसीदेवाको घोषपुकुरमा रहेको निजी पेपर मिलमा काम गर्ने क्रममा एक मजदुरको हात मेसिनभित्र पसेर गम्भिर चोट लागेको छ। उत्तर बंगाल मेडिकल कलेज तथा अस्पतालमा उपचारका क्रममा मजदुरको मृत्यु भएको हो। मृत्यु हुने कर्मचारीको नाम परितोष सिंह बताइएको छ। शुक्रबार राति काम गर्ने क्रममा परितोष सिंहको हात मेसिनमा फसेको बताइएको छ। उनलाई तत्काल उद्धार गरी उत्तर बंगाल मेडिकल कलेज अस्पताल लगियो, जहाँ उनको मृत्यु भयो। शव आज पोष्टमार्टमका लागि पठाइनेछ। काम गर्ने क्रममा दुर्घटना भएको पेपर मिलका प्रबन्धक जुगल किशोरले बताए। घाइते युवकलाई उपचारका लागि पठाइएको छ। पछि उनको त्यहीँ मृत्यु भयो। घटनाबारे घोषपुकुर चौकी पुलिसले अनुसन्धान शुरु गरेको छ।












