सुनसरी एकिकृत मालेको अध्यक्षसहित निलम खनाल नेतृत्वको प्यानलै निर्वाचित

IMG-20240525-WA0241.jpg

झापा: नेपाल कम्युनिष्ट पार्टी एकिकृत माले सुनसरीको आठौ जिल्ला अधिवेशनमा भएको निर्वाचनमा नीलम खनाल नेतृत्वको प्यानलै निर्वाचित भएको छ। अध्यक्ष पदमा निर्वाचित भएका निलम खनाललाई संस्थापन पक्षको समर्थन रहेको थियो। आठौँ जिल्ला अधिवेशनमा दुई प्यानल बिच भएको चुनावमा अन्तिम मतपरिणामा खनालले तीन सय ८३ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी खेमराज पोखरेलले दुई सय ८७ मत प्राप्त गरे। उनीहरूबीचको मतान्तर ९६ रहेको छ। यसैगरी उपाध्यक्षमा पर्शुराम यादवले तीन सय ३२ मत ल्याएर विजयी भए। उनले निकटतम प्रतिद्वन्द्वी नन्द बस्नेतललाई तीन मतको झिनो अन्तरले पराजित गरेका छन्। यादवले तीन सय ३२ ल्याउँदा बस्नेतले ३ सय २९ मत ल्याउन सफल भए।सचिवमा राम कोइराला विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी पदम लिम्बूलाई एक सय १७ मतले पछि पार्दै निर्वाचित भएका हुन्। कोइरालाले तीन सय ८७ मत प्राप्त गर्दा लिम्बुले दुई सय ७० मत प्राप्त गरे। यसैगरी उपसचिव महिलातर्फ इन्द्रकला राई निर्वाचित भएकी छन्। उनले कमला मगरलाई दुई सय ४७ मतले पछि पार्दै निर्वाचित भएकी हुन्। राईले चार सय ३८ मत ल्याउँदा मगरले एक सय ९१ मत प्राप्त गरिन्। यसैगरी उपसचिवमा देवानन्द मेहतालाई एक सय ८८ मतले पछि पार्दे यामकुमार सुब्बा निर्वाचित भए। सुब्बाले तीन सय ८५ मत प्राप्त गर्दा मेहेताले १ सय ९७ मत प्राप्त गरेका छन्। यसैगरि नेकपा एकिकृत मालेको जिल्ला कमिटी सदस्य पदमा विभिन्न भुगोलमा भएको निर्वाचनमा ऋषिराज राई, हेमराज सुवदी, मिनकुमार सुब्बा, टिकाराम माङलेन लिम्बू, राजमणि निरौला, किशोरकुमार लिम्बू, केदार लामिछाने, नारायणप्रसाद सुवेदी, कल्पना शेर्पा, भिमा शर्मा चौलागाईं, यशोदा कायस्थ, लिला राई निर्वाचित भएका छन्। जिल्ला कमिटी सदस्य निर्वाचित हुनेमा अफाक अहमद, दिलकुमार लामिछाने, इश्वरविक्रम शाह, चुडामणि भट्टराई, राजु दंगाल, सुरेश कार्की, एकराज दाहाल, एकराज सापकोटा, प्रभातकुमार आचार्य, भुपेन्द्र बराल, बालकृष्ण कार्की, कमला निरौला, अम्बिकादेवी चौधरी, भीमादेवी राई, गंगाकुमारी गुरुङ, विष्णुकुमारी खड्का, तोयाकुमारी ढकाल, होमनाथ धमला, रोशन रेग्मी, सन्तोष गिरी, अनिल राजधामी, अशोककुमार चौधरी, खगेन्द्र काफ्ले, लक्ष्मी चौधरी रहेका छन्। यसैगरि सोमकुमारी सुनुवार, नवराज खड्का, लक्ष्मणबहादुर कार्की, रमेशकुमार श्रेष्ठ, केदारप्रसाद न्यौपाने, बन्हुलाल चौधरी, सबिना सिग्देल, लता भट्टराई, हरि निरौला, रुद्रबहादुर दाहाल, आशाराम चौधरी, श्यामकुमार भण्डारी, दिलिप लिम्बू, दिव्यकुमारी खड्का (यशोदा), मिना कार्की, होमकुमारी श्रेष्ठ, सन्तोषकुमार ओख्राबु, महालक्ष्मी साह, मैना राई निर्वाचित भएका छन। जिल्ला कमिटी सदस्यमा निर्वाचित हुनेमा धिरेन्द्रकुमार मिश्रा, ओमप्रकाश मेहता, विनोदकुमार चौधरी, सोमकुमारी गुरुङ राय, आशनारायण चौधरी, लखनलाल साह, रिभाकुमारी कर्ण, कमलेश्वरी यादव, श्यामसुन्दर सिंह, अनिताकुमारी उराव, बाबुराम साह, महेन्द्रप्रसाद यादव, रामकुमार मेहता, सवितादेवी मेहता, अक्रम अली, अब्बास अन्सारी रहेका छन्। यसैगरि निर्वाचित हुनेमा बबितादेवी यादव, जगनारायण मेहता, रामप्रसाद मेहता, बन्दनाकुमारी साह , सत्यनारायण मेहता, सुशिल साह, अशोककुमार यादव, चन्द्रकला मुखिया, मजादेवी साह, पुनमकुमारी साह, सराजुद्दिन अन्सारी, अस्फाक आलम, जमिला खातुन , सद्दाम हुसेन, शिवनारायण चौधरी, श्यामकुमार चौधरी, दुलीचन चौधरी (डि.सी.) रहेका छन्। जिल्ला कमिटी सदस्यको निर्वाचनमा अञ्जुकुमारी चौधरी, सरस्वतीकुमारी चौधरी, नवयुग चौधरी, डिकबहादुर राई (डि.बि.), बिकास बनेपाली, सन्तोष राई, पदमबहादुर माझी, भुवनकुमार लिम्बू, केदारकुमार श्रेष्ठ, भीमाकुमारी तुम्बाहाम्फे, सुनिता समाल मगर, गणेशकुमारी राई, शारदा मगर, इन्द्रकुमार राई, दिपक श्रेष्ठ, गौरीशंकर तामाङ, हरि राई्, गणेश वि.क., शालिकराम ढकाल, शारदाप्रसाद अधिकारी, गोविन्द विष्ट निर्वाचित भएका छन्। यसैगरि सुनसरी जिल्लाको हल निर्वाचन क्षेत्रबाट निर्वाचित हुनेमा गायत्री लम्साल, हरिबहादुर कटवाल, बनहुलाल चौधरी, रुद्रबहादुर बस्नेत, अमितकुमार राई, डेगराज फुयल, नेत्रप्रसाद काफले, विमल कोइराला, दोर्पध्वज राइ रहेका छन्। यसैगरि तुलसा दाहाल, हिमादेवी ओझा कार्की , सिर्जना नेपाली, विष्णु शर्मा नेपाल, मनु चापागाईं (पुण्यवती), निर्मलादेवी भण्डारी, जिबी गजल, राजन बानियाँ जिल्ला सदस्यमा निर्वाचित भएका छन ।लेखा आयोग अध्यक्ष शत्रुघन यादव, उपाध्यक्ष टंकप्रसाद खनाल, सचिव इश्वरीप्रसाद घिमिरे लेखा आयोग सदस्यहरु गीता गौतम, विरेन्द्र गौतम, सन्तोष न्यौपाने, सुदेश चापागाईं निर्वाचित भएका छन्। अध्यक्ष खनाललाई स्थायी कमिटी सदस्य शेरधन राई केन्द्रीय सदस्यहरूदेखि निवर्तमान अध्यक्ष रेवतिरमण भण्डारीलगायतको समुहले सहयोग गरेका थिए।अधिवेशनमा पदाधिकारी र जिल्ला कमिटी सदस्य पदमा उम्मेदवारी दिएका विगतमा १० बुदे पक्षधर मानिएका प्रायजसो जिल्ला नेताहरु चुनावमा पराजित बनेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement