अस्पताल उदघाट्न गर्न गएका एमाले अध्यक्ष ओलीले रविको बचाउमा समय खर्चे

IMG-20240525-WA0238.jpg

झापा: सुनसरीको भोक्राहामा नेपाल कम्युनिष्ट पार्टी एकिकृत मालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेको बचाउ गर्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्दा दैशैभर रोइलो सुरु भएको प्रतिकृया दिएका छन। अदालतको आदेशमा नागरिकता छानबिनको लागि पुलिसले पक्राउ गरेका सिरोहियाको विषय अनाहकमा उचालिएको बताएका ओलीले कोही एक व्यक्तिलाई अनुसन्धानमा लैजादैमा प्रजातन्त्र कुण्ठित भयो भनिनु उचित नभएको बताए। ओलीले डा.शुनिल शर्मा र तत्कालिन गृह मन्त्री बालकृष्ण खाँड पक्राउ पर्दा चुइक्क नबोल्ने कांग्रेसले अहिले आएर देखाएको रवैया अशोभनीय रहेको बताए। ओलीले कांग्रेसको अवरोध र बिरोध प्रति लक्षित गर्दै रवि लामिछाने माथि जाइलागेको कांग्रेसले दोहोरो चरित्र देखाएको सबै सामू छर्लङ्ग भएको बताए। प्रधानमन्त्री खाउ भनेर बिन्ति गर्न पुगेको कांग्रेस रविले नमानेपछि उनलाई सहकारी ठग होस भनेर भन्ने अवस्थामा पुगेको ओलीको भनाई छ। सुनसरीको इनरुवा हुँदै भोक्राहा नरसिंह- ४ पुगेका ओलीले झापाका ब्यबसायी डा. रामबाबु गिरीले संचालनमा ल्याएको सप्तकोशी न्यूरो अस्पतालको उद्घाटन गरेका थिए। ६० करोड लागतमा तयार पारिएको अस्पतालले न्यूरो सर्जरी सहितका अन्य सबै सेवा दिने जनाएको छ। स्वास्थ्य बीमाको सेवा समेत दिने सो अस्पताल पूर्ण रुपमा संचालनमा आएपछि उपचारकालागि धरानको विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिराटनगरका प्राइभेट सहितका अन्य अस्पताल पुग्ने पर्ने बिरामीको बाध्यताको अन्त्य हुने अस्पताल प्रशासनको विश्वास छ। तत्काल ५० शैयाबाट सेवा दिने जनाएको सप्तकोशी न्यूरो अस्पताल भोक्राहाले छिट्टै १०० बेडको सुरुवात गर्ने र बढीमा महिना दिन भित्रमा स्वास्थ्य बिमा समेत लागु गरिने संचालक डाक्टर गिरीले जानकारी दिएका छन। अत्याधुनिक मेसिन र उपकरण जडान रहेको बताएको अस्पतालले न्यूरो सर्जरी शल्यक्रिया, सीटी स्क्यान, ल्याब, ईसीजी, आइसीयु, एनआइसीयु, भेन्टिलेटर, हाडजोर्नी शल्यक्रिया,गाइने र डेलिभरी सम्बन्धि शल्यक्रिया लगायतका सेवा दिने जनाएको छ। अस्पताल उद्घाटन कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरी, कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्की, नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल लगायतको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement