निम्स अस्पतालद्धारा दिवंगत कर्मचारीको परिवारलाई ५० हजार राहत प्रदान

IMG-20240525-WA0237.jpg

झापा: झापा जिल्लाको दमक-९ स्थित निम्स नेशनल अस्पतालले त्यहाँ कार्यरत एक जना कर्मचारीको निधनमा राहत स्वरुप नगद ५० हजार रुपैँया प्रदान गरेको छ। मई २३ बिहिबार निधन भएकी सरसफाई कर्मचारी ललिता उबरकोटीको परिवारलाई आज घरमै पुगेर अस्पतालका अध्यक्ष उमाकान्त आचार्यसहितको टिमले सो राहत रकम हस्तान्तरण गरेको हो। स्वर्गीय उबरकोटी बिगत ३ बर्षदेखि सो अस्पतालमा सरसफाइ कर्मचारीको रुपमा कार्यरत थिइन्। लामो समयदेखि जण्डीसको कारण थला परेकी उनको अकस्मात निधन भएको थियो। अस्पताल सञ्चालक समितिका अध्यक्ष आचार्य, सचिव रोशन विष्ट लगायत कर्मचारीसहितको टिमले समवेदनासाथ सो रकम हस्तान्तरण गरेको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement