अवैद्य ढुङ्गा बालुवा बोक्ने दुईवटा डम्पर पुलिसको कब्जामा

82b4122c-fd05-4315-be8b-16996e685d32

कालचिनी – निमती आउटपोस्टका पुलिसबलले आज आउटपोस्टका प्रभारी एसआई अमित शर्माको नेतृत्वमा एउटा विशेष अभियान चलाउँदा निमती दोमोहनी संलग्न क्षेत्रबाट दुईवटा अवैद्य डम्पर कब्जा गर्न सफल भएको छ भने यससितै दुवै डम्परका चालक पनि पक्राउ गरेको छ।

नदी नाला र झोड़ाहरुबाट अहिले अवैद्य खनन एवम् ढुङ्गा बालुवा ओसार पसार गर्न बन्द गरिएको र यस कार्यमा संलिप्तहरुलाई नछोड़ने प्रशासनको निर्देश अनुरुप पुलिसले नियमित जाँच र अभियान चलाईरहेको क्रममा धेरै ट्र्याक्टर, ट्रक र डम्परहरु कब्जामा लिन सफल भईरहेको क्रममा आज दुईवटा डम्पर सहित दुईजना चालकहरु पक्राउ गर्न सफल भएको बताईएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement