युवतीलाई करणी गर्न खोजी फरार रहेका तामाङ भैँसी करणी गर्दै गरेको अवस्थामा भेटिए

IMG-20240525-WA0220.jpg

झापा: ताप्लेजुङमा जवरजस्ती करणी गर्न खोज्ने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा फुङलिङ नगरपालिका- १० फुरुम्बुका २९ वर्षीय बिक्रम तामाङ रहेको जिल्ला पुलिस कार्यालय ताप्लेजुङका इन्स्पेक्टर कमलकुमार लुङ्गेलीले जानकारी दिए ।उनका अनुसार तामाङले मई २३, बुधबार, साँझ ५ बजे विद्यालयबाट घर फर्किदै गरेको अन्दाजी १६ वर्षीय युवतीलाई जवरजस्ती करणी गर्न खोजेको अभियोगिमा पक्राउ गरि अनुसन्धान सुरु गरिएको छ। जवरजस्ती करणी गर्न खोज्दा युवतीले हारगुहार गरेपछि नजिकका स्थानीय घट्नास्थलतर्फ पुग्न साथ तामाङ फरार भएका थिए। फरार रहेका तामाङलाई खोजी गर्ने क्रममा बुधबार साँझ साढे ६ बजे गोठमा बाँधेको भैँसीलाई करणी गर्दै गरेको अवस्थामा स्थानीयले फेलापारी पुलिसलाई बुझाएको इन्स्पेक्टर लुङगेलीले जानकारी दिए। पुलिस नियन्त्रणमा रहेका तामाङलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ अन्तर्गत जवरजस्ती करणी उद्योग र पशु करणी कसुरमा अदालतबाट हिरासतमा राख्ने ७ दिने म्याद लिई अनुसन्धान जारी राखिएको पुलिसले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement