झापा: खोटाङ जिल्लामा बाबुको हत्या गरी दाहसंस्कार गरेको आरोपमा एक पुरुषलाई पुलिसले पक्राउ गरेको छ।सामान्य विवादमा कुटपिट गर्दा ७१ वर्षीय बाबु कृष्णकुमार राईको मृत्युको र दाहसंस्कार समेत गरिसकेको भन्ने उजुरीपछि ४२ वर्षीय टीकाराम राईलाई पुलिसले पक्राउ गरेको हो। गत मई २०को विहान करिब १० बजेतिर सुतिरहेकै अवस्थामा कृष्णकुमार मृत फेला परेको भन्दै टीकारामले गाउँलेलाई खबर गरेका थिए। त्यसपछि दाहसंस्कार गरेको तर दाहसंस्कारको तीन दिनपछि मई २३बिहीबार बिहान ६ बजे पुलिसमा शंकास्पद मृत्युको जानकारी भएपछि पुलिसले अनुसन्धान गर्नुका साथै शव उत्खनन् गरी पोष्टमार्टमका लागि दिक्तेल अस्पतालमा लगेको छ। बाबुको मृत्युबारे आफूलाई समेत राम्ररी खबर नगरेको र टीकारामको कुटपिटकै कारण बाबुको मृत्यु भएको भन्दै भाइ नवीनकुमार राईले किटानी जाहेरी दिएको पुलिसले जनाएको छ। पक्राउ गरेका टीकाराममाथिमई २४ शुक्रबार तीन दिनको म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला पुलिस कार्यालय खोटाङले जनाएको छ।











