झापा: मोरंग जिल्लाको विराटनगरमा रहेको कोशी अस्पतालमा एक जना बिरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ। विराटनगर-६ घर भएकी ७२ वर्षीया समसा बेगामको मई २४ शुक्रबार दिउँसो उपचारको क्रममा मृत्यु भएपछि अस्पताल तनावग्रस्त भएको हो। बिरामीका आफन्तहरूले उपचारमा ढिलासुस्ती गरेको र आइसियूमा नराखेका कारण मृत्यु भएको भन्दै अस्पतालमा नाराबाजी गरेका छन्। उनीहरूले उपचारमा ढिलाइ गर्ने चिकित्सक र नर्सलाई कारबाही गरिनुपर्ने माग राख्दै प्रर्दशनमा उत्रिएका हुन्। स्वासप्रश्वासमा समस्या भएपछि बेगामलाई शुक्रबार दिउँसो कोशी अस्पतालको आकस्मिक कक्षमा उपचारको लागि ल्याएको थियो। समयमै आइसियूमा लगेर उपचार नगर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई कारबाहीको गरिनुपर्ने माग राख्दै बिरामीका आफन्तले आजसम्म शव बुझेका छैनन्।











