जलपाईगुडी: जलपाईगुडी जिल्ला मैनागडी ब्लकको बाँकांडी क्षेत्रमा शनिबार एक युवकको लाश भेटिएपछि सनसनी मच्चिएको छ। मृत्यु हुने युवकको नाम विजय सरकार (१८) रहेको बताइएको छ। घटनाको जानकारी पाएलगत्तै पुलिसले शुक्रबार लाश बरामद गरेको थियो। पुलिसले लाशलाई पोस्टमार्टमका लागि शनिबार जलपाईगुडी शवगृहमा पठाएको छ।स्थानीय स्रोतका अनुसार मृतक युवा बाँकन्दी क्षेत्रमा एक्लै बस्दै आएका थिए। उनका बुबा कामको सिलसिलामा सिलगढीमा बस्छन्। मृतक युवा पेसाले चिया मजदुर थिए। उक्त युवकलाई गत बिहीबार छिमेकीहरुले देखेको बताइएको छ। त्यसपछि उनी नदेखेको बताइएको छ। पछि छिमेकीले उनलाई घरभित्र झुण्डिएको अवस्थामा फेला पारे।

पुलिसलाई खबर गरेपछि पुलिसले लाश मैनागडी ग्रामीण अस्पतालमा ल्याएपछि ड्युटीमा रहेका डाक्टरले मृत घोषणा गरेका थिए। पुलिसले शवलाई पोष्टमार्टमका लागि जलपाईगुडी शवगृहमा पठाउने व्यवस्था गरेको छ।











