मंगन: गत वर्ष आएको बाढीका कारण मंगन बाहिरका क्षेत्रमा सडक सञ्जालको अवस्था कमजोर रहेको विषयलाई ध्यानमा राख्दै आज मंगन जिल्लाका जिल्लापाल हेमकुमार छेत्रीको अध्यक्षतामा बैठक बस्यो।
बैठकमा डीएफओ (टी) मंगन छितेन डब्ल्यू लाचुङ्पा, एसडीएम चुङ्थाङ किरण ठटाल, लाचेनका पिपन कासाङ लचेनपा, लाचुङका पिपन पेमा वाङ्दी लाचुङ्पा, बीआरओ र जीआरईएफका प्रतिनिधिहरू, पञ्चायतहरू र उत्तर सिक्किम टुरिस्ट संघका प्रतिनिधिहरू उपस्थित थिए।
बैठकको मुख्य उद्देश्य स्थानीयवासी र सरोकारवालाहरूले भोग्नुपरेका विभिन्न समस्याहरू, जसमा सडकको कमजोर सञ्जाल, जमिनको क्षतिपूर्तिको समस्या, चालक र पर्यटकहरूले सामना गर्नु परिरहेका चुनौतीहरूको समाधान गर्नु थियो। बैठकमा बीआरओका अधिकारीहरूले १५ जुलाईसम्ममा जमिनको क्षतिपूर्ति हस्तान्तरण गरिने जानकारी दिए। जीर्णोद्धारको काम भइरहेको र टुङको झोलुङ्गे पुल डेढ महिनाभित्र प्रयोगका लागि तयार हुने पनि जानकारी दिइएको छ।
यसैगरी, चुङथाङ र लाचेन बीचको सडक सञ्जाल पनि छिट्टै पुनर्निर्माण हुने बताइयो। हाल प्रयोगमा रहेको बेली ब्रिज निर्माण सम्पन्न नभएसम्म सार्वजनिक उपयोगका लागि राखिने पनि बैठकमा बताइएको छ।