सिक्किममा मतगणनाको उच्च तयारी

IMG-20240524-WA0315.jpg

गान्तोक: सिक्किम विधानसभा र लोकसभा चुनाउको मतगणनालाई लिएर गान्तोक जिल्लाका मतगणना पर्यवेक्षक, मतगणना सहायक र पर्यवेक्षकहरूको दोस्रो चरणको तालिम गान्तोक जिल्ला प्रशासनिक भवनमा सम्पन्न भयो। गान्तोक महकुमा अधिकारीहरु जीएल मीना रोशन सुब्बा,सोनाम वग्याल लेप्चा जिल्ला योजना अधिकारी, जिग्मे वांगचुक भोटिया र राज्य स्तरका मास्टर ट्रेनरहरुको उपस्थिति थियो। जीएल मीनाले अधिकारीहरूलाई सम्बोधन गर्दै उनीहरूलाई भारतको निर्वाचन आयोगले तोकेका मापदण्डहरू पालन गर्ने निर्देशन दिए। उनले मतगणनाको दिनमा मतगणना अधिकारीहरूले गर्नुपर्ने कार्यहरूबारे जानकारी दिए। एसडीएमले आ-आफ्नो निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतहरूले मतगणनाको दिन अधिकारीहरूलाई सहयोग गर्न कुनै कसर बाँकी नराख्ने आश्वासन दिए। सोनाम वग्याल लेप्चाले आफ्नो स्वागत सम्बोधनमा मतगणनाको समय र स्थानबारे अधिकारीहरूलाई जानकारी गराए। मतगणना दिनको नियमावलीका बारेमा अधिकारीहरूलाई विस्तृत रूपमा जानकारी गराइएको थियो। उनले पार्किङ र मोवाइल कलेक्सन सेन्टरजस्ता समस्याबारे पनि जानकारी दिए। उनले मतगणनाका कर्मचारी समयमै मतगणना स्थलमा पुग्ने अनुरोध गरे। अर्का महकुमा अधिकारी रोशन सुब्बाले भारतको निर्वाचन आयोगद्वारा लागू गरिएको नयाँ नियमहरूको बारेमा जानकारी गराए। उऩले मतगणनाको क्रममा ग्याजेटहरूको गणना सुनिश्चित गर्न तयारी गरेको दिए। तालिम सत्रमा सहभागी जिग्मे वाङ्चुक भोटियाले अघिल्लो सत्रमा छलफल गरिएका विषयहरू जस्तै मतगणना अधिकारीहरू, इलेक्ट्रोनिक भोटिङ मेसिनको निरीक्षण, मतगणनामा नयाँ नियमहरू, फारम, विषयमा जनाए। मतगणना अधिकारीहरूलाई सम्बोधन गर्दै प्रदेश स्तरीय मास्टर ट्रेनरले मतदाताप्रतिको कर्तव्य भएकाले पोस्टल व्यालेटप्रति होसियार हुने आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement