गान्तोक: मानव उत्थान सेवा समिति सिक्किम राज्य गान्तोक तहसील अन्तर्गत रानीपुल शाखाको सक्रियतामा जालीपुल स्थित प्रशिद्ध काँची कामाकोठी गुरुकुलममा बुद्ध जयन्तिको उपलक्ष्यमा एक दिवसीय सत्संग समारोह आयोजन गरेको थियो। गान्तोक तहसील प्रभारी महात्मा निलम्बरी बाईजीद्वारा दीप प्रज्जवलन गरि सुरू गरेको कार्यक्रममा रानीपुल शाखाका उप-सचिव टाशी ओङगेल भोटियाद्वारा स्वागत जनाएका थिए। कार्यक्रममा सिक्किम राज्य समितिका वरिष्ठ सल्लाहकार एचके शर्माले आफ्नो सम्बोधनमा जहाँ सत्संग हुन्छ,जहाँ हरीको चर्चा हुने भन्दै खेतबारीमा जसरी फसल लगाउछौं त्यो फसल एक पल्टमा उठाई हालिन्छ,तर सत्संग यस्तो फल हो जसको फलको कमाई मानव जातिलाई जुनीसम्म पुग्दछ। भगवान बुद्धले पनि यही सत्संगलाई आफ्नो जीवनमा आत्मासाथ गरेका थिए। भगवान बुद्धलाई सारा संसारका मानिसले भगवान विष्णुको नवौं अवतार भनि पुजने र मान्ने गरेको उल्लेख गरे। यसरी नै महात्मा सुशीला बाईजीले आफ्नो सम्बोधनमा कलिकालमा भौतिक सुख-सम्पदाले परीपूर्ण मानव समाजलाई ईश्वरको भक्ति गर्ने फुर्सद छैन,तर भगवान बुद्ध राजकुमार भएर पनि सबै सुख-सम्पदालाई त्यागेर भगवानको खोजीमा राजमहलबाट निस्किएको र अन्तमा बुद्धत्व प्राप्त भएको जनाए। अन्तमा प्रभारी महात्मा निलम्बरी बाईजीले आफ्नो सम्बोधनमा धर्मले जहिले मानव समाजलाई जोड़ने काम गरेको र धर्मले कहिले तोड़ने काम नगर्ने धर्मले सुईको काम गरेको र कैँचीको काम नगर्ने उल्लेख गरे। भगवानको गुणवाचक नामको पछि लागिरहेछौं,गुणवाचक नामले मानवको उद्धार हुनेवाला छैन भन्दै उनले भगवान बुद्धले पनि गुणवाचक नाम नै जपिरहेको भए बुद्धतत्व प्राप्त गर्न नसक्ने बताइन्। भगवान प्राप्त गर्न सर्वप्रथम सत्संग सुन्न नितान्त आवश्यक पर्दछ, सत्संग ईश्वरको मार्ग दर्शन गर्ने माध्यम हो, उनले बनिन्। अध्यात्म ज्ञान बिनाको मानव अपुरो छ,अधुँरो छ भन्दै केवल चाडपर्व र जयन्तिमा मात्र सीमित नरहौं यसको सन्देशलाई आत्मसाथ गर्ने भनी बिचार राखिन। कार्यक्रममा बालसभाका नानीहरूद्वारा सुन्दर नृत्य र भजन प्रस्तुत गरेका थिए भने काँची कामाकोटी गुरुकुलमका विद्यार्थीहरूद्वारा स्वास्ती वाचन गरेर सबैलाई मन्त्रमुग्ध बनाएका थिए। बालसभा, युवा प्रकोष्ठ अनि प्रेमीभक्तलाई लिएर गरिएको प्रश्न-उत्तरीले कार्यक्रम अझ रोचक भएको थियो भने प्रभारी बाईजीद्वारा विजेतालाई परितोषित वितरण गरियो।