वरिष्ठ पत्रकार प्रमोद गिरी राम पात्रो पत्रकारिता पुरस्कार २०२४ द्वारा अलङ्कृत

IMG-20240524-WA0311.jpg

गान्तोक: वर्ष २०२३-२४ को निम्ति प्रतिष्ठित राम पात्रो पुरस्कार वरिष्ट पत्रकार तथा सिलगढ़ी आधारित डिजुटल मिडिया प्लेटफार्म द हिमाल वर्ल्डका सम्पादक प्रमोद गिरीलाई प्रदान गरियो। राज्यको एक स्थापित मिडिया हाउस सिक्किम एक्सप्रेसले प्रत्येक वर्ष संस्थापक स्व. राम पात्रोको नाममा प्रदान गर्नेगर्छ यो पुरस्कार। पत्रकारिताको क्षेत्रमा उल्लेखनीय कार्य गर्ने सिक्किम अनि छिमेकी उत्तर बङ्गाल क्षेत्रका पत्रकारहरूलाई प्रदान गरिन्छ राम पात्रो पुरस्कार।

उत्तर बङ्गाल र सिक्किमको पत्रकारिताको क्षेत्रमा एक परिचित नाम हुन् प्रमोद गिरी। दुई दशकभन्दा अधिक समयदेखि पत्रकारिता गर्दै आएका गिरीले गरिसकेका छन् विभिन्न क्षेत्रीय अनि राष्ट्रिय नेपाली र अङ्ग्रेजी दैनिक समाचारपत्रहरूमा काम। प्रेस क्लब अफ् सिक्किमद्वारा कञ्चनजङ्घा कलम पुरस्कार लगायत विभिन्न पुरस्कारले भइसकेका छन् पुरस्कृत

पाकिमबाट सिक्किम एक्सप्रेसका संवाददाता अजय थामीलाई पनि प्रदान गरियो यस वर्षको इनहाउस राम पात्रो पुरस्कार। यसरी नै स्टाफ लिला गुरुङलाई जनाइयो सम्मान। सिक्किम उच्च न्यायालयका न्यायाधिश भाष्कर राज प्रधान कार्यक्रमका मुख्य अतिथि रहेका थिए भने सिक्किम सरकारको सूचना एवं जनसम्पर्क विभागकी सचिव श्रीमती कर्मा यत्सो थिइन् विशिष्ट अतिथि।

पुरस्कार प्राप्त गरेपछि आफ्नो सम्बोधन राख्ने क्रममा पत्रकार प्रमोद गिरीले यस पुरस्कारले आफूलाई अझ जम्मेवारवोध गराएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement