उत्तर दिनाजपुर: बिहारबाट बंगाल प्रवेश गरी गोली चलाएको सनसनीपूर्ण घटना बाहिर आएको छ। घटनामा एक व्यक्तिको हातमा गोली लागेको स्थानीय स्रोतले जनाएको छ। घटनास्थल बिहारको किशनगंज नजिक उत्तर दिनाजपुरको चकुलिया थानाको बिलाटीबारी क्षेत्र हो। स्रोतका अनुसार कार चोरीको आरोपमा बिहार पुलिसको टोली उक्त क्षेत्रमा प्रवेश गरेको थियो। पुलिसले यस मामिलामा एक व्यक्तिलाई पक्राउ गरी आफूसँगै लैजाँदा स्थानीयको बिहार पुलिससँग झगडा भएको आरोप छ। यसपछि पुलिसले गोली चलाउन थाल्यो। गाउँलेहरूको समूहले उनीहरूलाई पछ्याएपछि बिहार पुलिसले गोली चलाउन थालेको बताइएको छ।

पुलिसले गोली चलाएको भिडियो धेरैले आफ्नो मोबाइलमा कैद गरेका छन्। तर, चकुलिया पुलिस थाना वा बङ्गाल पुलिसलाई जानकारी नदिई आएको इस्लामपुर पुलिस जिल्ला अधिकारीले बताए। चकुलियाका विधायकले घटनाको घोर निन्दा गरेका छन्। घटनास्थलबाट कारतूसको गोला बरामद गरी अनुसन्धान भइरहेको पुलिसले जनाएको छ।