फुलबारी: फुलबारी २ ग्राम पञ्चायतअन्तर्गत जोतियाकाली छेउछाउमा एक व्यक्तिको झुण्डिएको लाश फेला परेपछि क्षेत्रमा सनसनी मच्चिएको छ। मृतकको नाम अफिजार हुसेन (४०) हो। अफिजार बिहानदेखि घरमै थियो दिउँसो ती व्यक्तिकी छोरी घरभित्र पस्दा खाँटमा झुण्डिएको अवस्थामा लाश देखेकी थिइन्। त्यसपछि एनजेपी पुलिस थानालाई खबर गरिएको थियो। घटनाको खबर प्राप्त हुनासाथ पुलिसले घटनास्थलमा पुगेर लाश बरामद गरी पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालमा पठाएको थियो। पारिवारिक श्रोतका अनुसार उनी केही पारिवारिक कारणले मानसिक तनावमा थिए। एनजेपी थानाले यस विषयमा अनुसन्धान थालेको छ।