सिलगढी: (न्यूज एशिया): सिलगढी नजिकैको रामकृष्ण मिशन आश्रममा भएको आक्रमणको विरोधमा र सनातन धर्मको रक्षा गर्न आज सिलगढीमा बंगीय सन्यासी समाजले सन्त स्वाभिमान यात्रा निकालेको छ। यस सन्त स्वाभिमान यात्रामा ठूलो संख्यामा सन्त तथा तपस्वीहरुको सहभागिता रहेको थियो।

यस यात्रामा भिक्षु भिक्षुणी बाहेक सर्वसाधारणको पनि सहभागिता रहेको थियो। बंगीय सन्यासी समाजका तर्फबाट एक सन्तले तृणमूल कांग्रेसको शासनकालमा आश्रममा जसरी आक्रमण भएको थियो, त्यसलाई स्वीकार गर्न नसकिने बताए। आक्रमणको विरोध र सनातन धर्मको रक्षाका लागि आज सन्त स्वाभिमान यात्रा निकालिएको उनले बताए। उनले सन्त समाजको एउटै लक्ष्य जीवको कल्याण नै रहेको र त्यसका लागि सदैव काम गर्दै आएको र भविष्यमा पनि गर्ने बताए। ‘हिंसा कुनै पनि समस्याको समाधान हुन सक्दैन’, उनले भने। -न्यूज एसिया










