भर्ना गराउने बहानामा ठगीको आरोपमा दुई जना पक्राउ

Arrest

सिलगढी: सिलगढी पुलिस कम्सिनरेटको भक्तिनगर थानाले ठगी गरेको आरोपमा एक गृहशिक्षिका र उनको नजिकका साथीलाई पक्राउ गरेको छ। पक्राउ परेका गृहशिक्षिका मेघना साहले विद्यार्थीलाई घरमा ट्युसन दिने गर्दथिइन्। ती विद्यार्थीलाई सिलगढीको सेभोक रोडमा रहेको निजी विद्यालयमा भर्ना गराउने नाममा ठूलो रकम लिएको र रसिद दिइयो। उक्त रसिद लिएर विद्यार्थीकी आमा निजी विद्यालयमा गएपछि विद्यालय प्रशासनले रसिद नदिएको बताए। त्यसपछि विद्यालय प्रशासनले नक्कली रसिदको बारेमा भक्तिनगर पुलिस चौकीमा उजुरी गरेको थियो। उजुरीका आधारमा गृह शिक्षिका मेघना साहलाई भक्तिनगर पुलिस चौकीले पक्राउ गरेको छ। उनीसँग सोधपुछ गरेपछि उनका निकटका साथी सौमदीप साहलाई भक्तिनगर पुलिस चौकीले पक्राउ गरेको छ। पुलिसले सम्पूर्ण मामिलाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement