मिरिक: कलकत्ता हाइकाेर्टले २०१० पछि जारी गरिएकाे ओबीसी प्रमाण पत्रलाई अवैध घाेषित गरेपछि प्रतिक्रिया व्यक्त गर्दै किराँत खम्बु राई साँस्कृतिक संस्थान मिरिक महकुमाले कलकत्ता हाइकाेर्टकाे उक्त निर्णयलाई हामीले सकरात्मक मानेका छाै भने। संस्थानका मिरिक महकुमा समितिका प्रवक्ता राजीव राईले उक्त प्रतिक्रिया व्यक्त गर्दै हामी खाटी जनजाति हाैं अनि हामीले लामाे समयदेखि जनजातिकाे माग गरिरहेका छाैं। हामीलाई चाहिएकाे जनजाति हाे। ओबीसी हाेइन भने। उनले शीघ्र नै केन्द्र सरकारले खम्बु राईहरू लगायत पहाडका एघार जातिलाई जनजातिकाे दर्जा प्रदान गर्छ भन्ने कुराेमा हामी धेरै आशावादी रहेका छाै भने। अर्काेतिर खम्बु राईहरू खाटी जनजाति हाे भनी देखाँउन साथै जातीय एकता देखाँउन संस्थानकाे केन्द्र समितिले आगमी २५ अनि २६ मईकाे दिन दार्जिलिङमा भब्यरूपमा साकेवा पर्व पालन गर्ने निधाे गरेकाे जानकारी गराँउदै उक्त कार्यमा सम्पूर्ण राईहरूलाई सहभागी भएर जातीय एकता देखाँउने आव्हान गरे।तिनले उक्त कार्यक्रममा मिरिकमा पनि व्यापक सहभागिता जनाइनेछ भने।










