सभासद मिलेश राईद्वारा अस्पतालको छानो मरम्मती

IMG-20240524-WA0257.jpg

मिरिक: मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेश राईको पहलमा मिरिक खण्ड प्राथमिक स्वास्थ्य केन्द्रको छानोको मरम्मति कार्य सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ। मिरिक खण्ड प्राथमिक स्वास्थ्य केन्द्रको छानो चुहुने भएपछि बिरामीहरूलाई बस्न अनि कर्मचारीहरूलाई आफ्नो कार्य गर्न समस्या भइरहेको थियो।

सोही कुरोलाई मध्यनजर गर्दै सभासद मिलेश राईले अस्पतालको निरीक्षण गरेका थिए भने आज उनकै पहलमा मरम्मति कार्य गरिएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement