बबिता दत्त लाई न्याय दिलाउन एबीभीपीले शुरु गर्यो अनिश्चितकालीन आन्दोलन

IMG-20240524-WA0212

सिलगढी: उत्तर बंगाल विश्वविद्यालयकी शोधार्थी विद्यार्थी बबिता दत्तलाई न्याय दिन एबीभीपीले अनिश्चितकालीन आन्दोलन शुरु गरेको छ।  उत्तर बंगाल विश्वविद्यालयको रुलर डेभलपमेन्ट विभागमा शोधकार्य  गर्दै आएकी बबितालाई न्यायको माग गर्दै अनिश्चितकालीन आन्दोलन शुरु भएको छ। अखिल भारतीय विद्यार्थी परिषदले आज उत्तर बंगाल विश्वविद्यालयको प्रशासनिक भवन अगाडि विरोध प्रदर्शन शुरु गरेको छ। एबीभीपी नेताहरूले बबिताले आत्महत्या नगरेको तर हत्या भएको बताएका छन्। देक विशेष व्यक्तिमाथि एभीबीपीले आरोप लगाएको छl पुलिसले पक्राउ नगरेसम्म हाम्रो आन्दोलन जारी रहने बताएको छ। एबीभीपीले बबिता दत्तले आत्महत्या गरेको होइन, उनको हत्या पछि झुण्डिएको बताएको छ। यस विषयमा बबिताकी भाईले मतिगढा पुलिस चौकीमा उजुरी दिएका छन्।- न्यूज एसिया

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement