झापा: मोरंग जिल्लाको विराटनगर महानगरपालिका वॉर्ड नम्बर १२ को कार्यालयमा ताला लगाएर कर्मचारी तथा जनप्रतिनिधि भ्रमणमा निस्किएका छन्। बिहीबारमई २४ मा बुद्ध जयन्तीको विदाको अवसर पारेर वॉर्ड कार्यालयका सबै कर्मचारी तथा एकजना बाहेक बाँकी जनप्रतिनिधि दार्जिलिङतर्फ लागेका हुन्। कार्यालय परिसर गर्ने मुख्य गेट तथा कार्यालय प्रवेश गर्ने ढोका दुवैमा तालाबन्दी गरिएको छ। बिहीबार सबै भ्रमणमा निस्केपछि शुक्रबार कार्यालय समय अवधीभर सेवाग्राही आउँदै ताला चलाउँदै फर्केका छन्। वॉर्ड सदस्य कुशेश्वर राजबंशीका अनुसार बिना सुचना सबै जना घुम्न लागेपछि सेवाग्राही सेवाबाट बन्चित भएका छन्। वॉर्ड अध्यक्ष काम विशेषले बाहिर बसेका कारण कार्यवहाकको जिम्मेवारी राजबंशीसँगै थियो। उनले कसैले पनि आफ्नो कुरा नमानेको उनले बताएका छन्। सबै जाने भनेपछि मेरो केहि लागेन, बिहीबार सार्वजानिक विदाको अवसर पारेर उनीहरु हिडेछन्, शुक्रबार कार्यालयमा आउँदा चाबी खोल्ने समेत कोहि छैन, राजबंशीले भने ।विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले वॉर्ड कार्यालयबाट हुने कमकाज ठप्प पारेर हिड्न नमिल्ने भएकोले यस विषयमा आफुले सोधखोज गरिरहेको बताए। प्रमुख कोइरालाले जाने हुँदा समेत यसको प्रक्रिया र विधि मिलाउनु पर्नेमा कामकाज नै ठप्प पारेर हिड्ने काम गलत भएको बताए।










