सिलगढीमा शुरु भयो विभिन्न नदीको सरसफाईको काम

IMG-20240524-WA0191.jpg

सिलगढी: सिलगढी नगर निगमले सिलगढीका नदीहरूलाई सरसफाई गर्न कदम चालेको छ। सिँचाइ विभागले नगरका जोरपानी नदीलगायत विभिन्न खोला सफाइको काम शुरु गरेको छ। सिलगढीका मेयर गौतम देव कामको अवलोकन गर्न आज आएका छन्।

खोलाको अवलोकन गर्न मेयर गौतम देव, उपमेयर रञ्जन सरकार, मेयर काउन्सिल माणिक देलगायत पुगेको बताइएको छ। उनले वार्ड नम्बर ३४ बाहेक वार्ड नं ३५, ३६, ३७ र ३८ को खोला सफाइ कार्यको अवलोकन गरेका थिए। नगरलाई खानेपानीको समस्याबाट मुक्त गराउन यो पहल भइरहेको मेयर काउन्सिल माणिक देले बताए।

खोला खन्ने कामले यस वर्षको वर्षामा सहरलाई पानीबाट राहत मिल्ने उनको विश्वास छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement