सिलगढी: सिलगढी विभागमा एक भयानक दुर्घटना भएको छ। इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। यो घटनापछि वरपरका क्षेत्रमा सनसनी मच्चियो। आज यो घटना सिलगढी महकाम परिषद अन्तर्गतको फणसीदेवा ब्लकको बोमरा लाइन क्षेत्रमा भएको बताइएको छ। त्यसपछि इनारमा पसेका मानिसबाट कुनै आवाज वा प्रतिक्रिया नआएको स्थानीयवासीले थाहा पाए। लगत्तै यो खबर घोषपुकुर चौकी पुलिसलाई दिए। पुलिससँगै मतिगढा र सिलगढीका दमकलका कर्मचारी घटनास्थलमा पुगे।
इनारमा अक्सिजन नभएकाले पंखा चलाएर पाइपबाट इनारमा अक्सिजन पुर्याइयो। यसपछि एकजनालाई होश आयो, त्यसपछि उनले दुवैलाई बाँधेर उठाउने प्रयास गरे। सबैलाई इनारबाट निकालेर तुरुन्तै फंसिदवा ग्रामीण अस्पताल लगियो। त्यहाँ चिकित्सकले दुवैलाई मृत घोषणा गरे। मृत्यु हुने दुई युवाको नाम आशिक तोप्पो (२२), विजय कुजुर (२४) हुन्, उनीहरु यसै क्षेत्रका हुन्। शव बरामद गरी पोस्टमार्टमका लागि उत्तर बंगाल मेडिकल कलेज अस्पतालमा पठाइनेछ। यस दुखद घटनाका कारण पुरै क्षेत्र शोकमा डुबेको छ। -न्यूज एसिया