झापा: नेपाली कांग्रेसका पुर्व उपसभापति तथा पुर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफतारी प्रतिसोधपूर्ण रहेको बताएका छन्। सिरोहियाको गिरफतारी बारे बुझन र उनिसंग भेट गर्न जनकपुरधाम आएका निधिले जनकपुरधाम विमानस्थल र जिल्ला पुलिस कार्यालय धनुषामा बोल्दै प्रतिसोध साध्नका लागि भएको गिरफतारी उचित न रहेको बताएका छन्। सिरोहिया नेपालका एक बोनाफाइट सिटिजन रहेको उनले जिकिर गरेका छन्।
जनकपुरधाम विमानस्थलबाट सिधै जिल्ला पुलिस कार्यालय धनुषा पुगेका निधि नेपाली कांग्रेस नियोजित गिरफतारीका विरुद्ध देश व्यापी आन्दोलन गर्न लागेको बताउँदै सडकमा आउन धनुषाका नेता कार्यक्रताहरुलाई अपिल समेत गरेका छन्।