बिहार राजनैतिक संकट: अब बिहारमा हुनेछ महागठबन्धन

Nitesh-Kumar-Tejashwi-Yadav

पटना: राजिनामा दिएपछि नितिश कुमारले पटनास्थित राबडी देवी निवासमा ठूलो बैठक गरेका छन्। यस बैठकमा नितिशले सन् २०१७ मा राष्ट्रिय जनता दलसँगको गठबन्धन तोडेकोमा खेद प्रकट गरे। मुख्यमन्त्री नितिश कुमारले केही मिनेटअघि राज्यपाल फग्गन सिंह कुलस्तेलाई राजीनामा बुझाए। राज्यपालले राजीनामा स्वीकृत गरेका छन्। राजीनामा बुझाएपछि उनले १६० जना विधायकको समर्थन रहेको जानकारी दिएका छन्। बिहारमा जेडीयु र भाजपाको गठबन्धन चिरा परेको छ। जेडीयुको विधायक दलको बैठकले यो निर्णय गरेको हो। विधायक दलको बैठकमा मुख्यमन्त्रीले भाजपालाई अपमानित र जेडीयु हटाउन षड्यन्त्र गरेको आरोप लगाए। यसैबीच, आरजेडी विधायक दलको बैठकमा नितिश कुमारलाई मुख्यमन्त्रीमा समर्थन गर्ने निर्णय भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *