झापा: पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा माई–८ का ११ वर्षीय मिङसुहाङ लिम्बू र सो स्थानका आठ वर्षीय किस्मन आङदाम्बेको रहेको जिल्ला पुलिस कार्यालय इलामका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार अन्य तीन जनाको उद्धार गरिएको छ। लिम्बूलाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ।