वाल अस्पताललाई ब्यबसायी ब्दारा सहयोग

IMG-20240524-WA0084.jpg

झापा: झापाको दमकस्थित किओच बाल अस्पताललाई दमकका दुई जना दाता ब्यवसायीहरुले नगद झण्दै पाँच लाख रुपैयाँ सहयोग गरेका छ्न्। दमकका प्रतिष्ठित ब्यवसायी लक्ष्मण श्रेष्ठ र अरुण अधिकारीले सो सहयोग रकम बराबरको चेक प्रदान गरेका हुन्। ब्यवसायी श्रेष्ठले नगद २ लाख ५० हजार र अधिकारीले नगद २ लाख २२ हजार बराबरको बैङ्किङ चेक काठमाडौ चाइल्ड हेल्थ ईन्स्टिच्युटका सस्थापक तथा बाल अस्पतालका योजनाकार समेत रहेका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर भगवान कोईरालालाई हस्तान्तरण गरेका हुन्। नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको सक्रियतामा ती दाताहरूले सोसाइटीको कार्यालयमा चेक हस्तान्तरण गरेका हुन्। सो अवसरमा डाक्टर कोइरालाले बाल बिशिस्टिकृत अस्पताल देशका सात वटै प्रदेशमा संचालन गर्ने र कोही पनि बालबालिका आर्थिक अभावकै कारण ज्यान गुमाउनु पर्ने बाध्यताबाट मुक्त गराउने अभियानमा शुभचिन्तक नागरिकहरुले गरेको सहयोग प्रति आभार व्यक्त गरे। उनले बाल अस्पताललाई अत्याधुनिक सेवासहितको थप बिस्तार गर्नु आवश्यक रहेको पनि बताउदै दाताहरुको प्रशसा गरे। सो सहयोग हस्तान्तरणमा नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका सभापति प्रकाश बुढाथोकी, लिला गुरागाई, प्रेम भट्टराई, घनश्याम कोइराला लगायत रेडक्रस नेतृत्व , बाल अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर जयमणी श्रेष्ठ लगायतको बिशेष उपस्थिति रहेको थियो। किओच बाल अस्पतालले १० बर्ष मुनिका बाल बालिकाको निशुल्क उपचार सेवा प्रदान गर्दै आएको छ भने १६ बर्ष मुनिका बालबालिकालाई सरल मुल्यमा सेवा प्रदान गर्दै आएको छ। सो अस्पतालमा पाँच जना बाल रोग विशेषज्ञ डाक्टरले सेवा दिने गरेका छ्न्। अस्पतालले हालैदेखी मोडुलर अपरेशन कक्ष समेत संचालनमा ल्याएको छ। अस्पतालमा इमर्जेन्सी , ल्याब सेवा २४ सै घन्टा चालू छ भने बिदाको दिन बाहेक अन्यदिन बिहान ९ बजेदेखि ५ बजेसम्म ओपिडी सेवा संचालनमा छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement