मोरङमा गुण्डागर्दी र आतंक मच्चाउने समूहका ६ जना पक्राउ

IMG-20240524-WA0091.jpg

झापा: गुण्डागर्दीका माध्यमबाट विराटनगरमा गुण्डागर्दी गरेर अशान्ति फैलाउने समूहका ६ जनालाई पुलिसले पक्राउ समेत गरेको छ। विराटनगर महानगरपालिका–७ का २० वर्षीय छिरिङ भनिने नेनी शेर्पा, विराटनगर–११ का १८ वर्षीय सारुख मियाँ शेख, १९ वर्षीय फैजल खान, विराटनगर–१२ का १८ वर्षीय सुमित ठाकुर, १९ वर्षीय प्रियसिलनारायण चौधरी र २० वर्षीय सौजन गुरुङ पक्राउ परेका हुन्। मोरङ पुलिसको हिरासतमा राखिएका उनीहरुमाथि इन्सपेक्टर हेमराज ओलीको नेतृत्वमा थप अनुसन्धान भइरहेको छ। मोरङ पुलिसका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले पक्राउ परेकाविरुद्ध अभद्र व्यहार मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी दिए। सो समूहका ४ जना फरार रहेकाले खोजी तीव्र बनाइएको उनले बताए। विराटनगर–७ का २७ वर्षीय अंकित लिम्बू, मोरङको कटहरी गाउँपालिका–२ का २३ वर्षीय सरोज यादव, करन साह र लुसिफर भनिने रोहित ठाकुर फरार छन्। गुण्डागर्दीमा आबद्ध समूहले विराटनगर–४ एयरपोर्ट लाइनस्थित सिंहासन रेस्टुरेन्टका कर्मचारी राहुल सहनीमाथि मई १९ राति १०ः३० बजेतिर आक्रमण गरेको पुलिसको भनाइ छ ।पुलिसका अनुसार अंकित लिम्बूको नेतृत्वमा हतियारसहित पुगेको समूहले रेस्टुरेन्ट परिसरमा छिरेर आक्रमण गरेको हो। अंकितको समूहले पछिल्लो समय विराटनगरमा गुण्डागर्दीको सुरुवात गरेको पुलिसको विश्लेषण छ। गुण्डाराज चलाउन अंकितले चिनजानका युवाहरुलाई भेला पारेर संगठित गर्दै लगेको अनुसन्धानबाट खुलेको छ ।सो समूहले विभिन्न होटल तथा रेस्टुरेन्टमा खाएको पैसा नतिर्ने र पैसा माग्दा हतियार देखाएर आक्रमण गर्ने गरेको पुलिसको भनाइ छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement