निमती दोमोहनीको एउटा होटल रुमबाट शव उद्धार

कालचिनी – कालचिनी थानाको निमती आउटपोस्ट अन्तर्गत पर्ने ३१ सी राष्ट्रिय राजमार्ग संलग्न एउटा होटलको रुमबाट एकजना व्यक्तिको झुण्डिएर आत्महत्या गरिएको अवस्थामा एउटा शव पुलिसले उद्धार गरेको घटना प्रकासमा आएको छ। प्राप्त जानकारीअनुसार उक्त होटलको रुममा बसेको सिलगढ़ी निवासी आनन्द मण्डल उमेर प्रायः ३६ को आज बिहान झुण्डिएर आत्महत्या गरेको अवस्थामा पुलिसले शव उद्धार गरेको थियो।

रुमबाट आज चेक आउट गर्ने समय हुँदा सो रुममा ढकढकाउँदा पनि कुनै प्रत्युत्तर नआउँदा होटल कर्तृपक्षले पुलिसलाई सूचना दिएको थियो भने घटनास्थलमा पुलिस पुगेर दैलो अनलक गर्दा रुमको सिलिङ पंखामा पासो लगाई झुण्डिएर आत्महत्या गरेको शव फेला परेको थियो। सिलगढ़ी निवासी उक्त आनन्द मण्डल शुक्रबार मात्र सो होटलमा रुम लिएर बसेको थियो भने आज तिनको शव फेला पर्दा सनसनी मच्चिएको छ। यता पुलिसले सो मृतदेहलाई उद्धार गरेर कालचिनी थानामा ल्याएको छ भने भोलि पोस्टमार्टमको निम्ति अलिपुरद्वार पठाईने पुलिस सुत्रले जनाएका छन्। घटना सम्बन्धमा पुलिसले जाँच आरम्भ गरेको बताएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *