झापा: मईको पहिलो हप्ता मात्रै उत्तरी नाकाबाट १ हजार बढी विद्युतीय गाडी भित्रिएका छन्। मई २८मा आउने बजेटसँगै कर बढ्ने डरले व्यवसायीले पहिलो हप्ता नै एक हजार छुटाएका हुन्। गत अप्रिल महिनाभरि उत्तरका २ वटा नाकाबाट १ हजार गाडी भित्रिएका थिए। तर मई लागेपछि ७ दिनमै अप्रिलमा भन्दा बढी गाडी आयात भएका छन्। चिनियाँ ब्रान्डका सबै गाडी उत्तरी नाका रसुवागढी र तातोपानीबाट आउँछन्।
मई २०सम्म रसुवा भन्सार कार्यालयबाट ४८८ वटा गाडी छुटेका छन्। जसमा बीवाईडीका अट्टो थ्रि ३३६ भित्रिँदा विद्युतीय माइक्रो ९४ वटा भित्रिएका छन्। सामान्य अवस्थामा बढी गाडी रसुवा भन्सार कार्यालयबाट भित्रिन्छन्। मई १४ देखि २० सम्म रसुवाको तुलनामा तातोपानी नाकाबाट बढी भित्रिएको देखिन्छ। तातोपानीबाट ७ दिनमै निजी प्यासेन्जर गाडी ५१२ वटा भित्रिएका छन्। यसरी आउनेमा सबैभन्दा बढी ५१ देखि १०० किलोवाटसम्मका गाडी छन्। त्यसबाहेक विद्युतीय माइक्रो २१ वटा भित्रिएका छन्।
कर बढ्ने आकलनमा दोब्बरले बढ्यो ईभी आयात, धमाधम भन्सार छुटाउँदै व्यवसायी:
व्यवसायीले मई २८मा आउने आगामी वर्षको अर्थिक विधेयकमा कर बढ्ने आकलनमा धमाधम गाडी छुटाएका छन्। चालू आर्थिक वर्षमा सबैभन्दा बढी अप्रिलमा १४ सय ४ वटा भित्रिएका थिए।
व्यवसायीले मई २८मा सरकारले कर बढाए बढी फाइदा हुने सोचमा धेरै गाडी छुटाएका हुन्। भन्सारका अधिकारीहरुका अनुसार उत्तरीसँगै दक्षिणी नाकाबाट समेत विद्युतीय गाडी छुटेका छ।
लगातार गाडी छुटाए हालसम्मकै बढी गाडी मईमा भित्रिने भन्सारका कर्मचारीको आकलन छ। यता बजेटपछि गाडी महंगो हुने डरले सामान्य अवस्थाभन्दा अहिले खरिदकर्ता बढी रहेको व्यवसायी बताउँछन्।









