विम्बल्डनः टेनिस स्टार नागलको विशेष उपलब्धि

IMG-20240523-WA0347.jpg

नयाँ दिल्ली: भारतका शीर्ष एकल टेनिस खेलाड़ी सुमित नागल प्रतिष्ठित विम्बल्डनको मुख्य ड्र-मा सीधा प्रवेश पाउने ५ सालपछि पहिलो भारतीय बन्न गइरहेका छन्। विश्वका ९४औं नम्बरका खेलाड़ी नागललाई उनको ऱ्या‌ङकिंगको आधारमा सालको तेस्रो ग्राण्ड स्ल्याममा सीधा प्रवेश प्राप्त भएको छ। नागलले २६ मईदेखि शुरु हुने सालको दोस्रो ग्राण्ड स्ल्याम फ्रेञ्च ओपनमा पनि सीधै मुख्य ड्र-मा खेल्नेछन्। यसअघि प्रजनेश गुणेश्वरनले २०१९-मा विम्बल्डनको मुख्य ड्र-मा सीधा प्रवेश पाएका थिए। त्यस समय उनी पहिलो राउण्डमै हारेका थिए। नागल हालै विश्व ऱ्या‌ङकिंगमा ८०औं स्थानमा पुगेका थिए। त्यसैकारण उनलाई फ्रेञ्च ओपनमा सीधा प्रवेश दिइएको थियो। उल्लेखनीय छ, विम्बल्डन ग्रास कोर्टमा खेलिन्छ भने फ्रेञ्च ओपनको आयोजन क्ले कोर्टमा हुन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement