इम्प्याक्ट प्लेयर नभएर ब्याटिंग कौशलले आईपीएलमा ठूलो स्कोर बनिएको अश्विनको दावी

IMG-20240523-WA0346.jpg

अहमदाबाद: आईपीएलको जारी सीजनमा लगातार ठूलो स्कोरको निम्ति रविचन्द्रन अश्विन केवल इम्प्याक्ट प्लेयर-को नियमलाई जिम्मेवार नबताएर भारतका यस शीर्ष स्पिनरले यसको श्रेय ब्याटरहरूका कौशललाई दिएका छन्। यसको साथमा अश्विनले बलरहरूलाई खेल अनि समयको मागलाई पूरा गर्नको निम्ति आफ्नो ब्याटिंग कौशलमाथि काम गर्ने परामर्श दिएका छन्। आईपीएलको जारी सीजनमा लीग चरणमै टीमहरूले ४१ पल्ट २०० रनको आँकड़ालाई पार गऱ्यो जबकि आठपल्ट त २५० भन्दा अधिकको स्कोर बनियो। आईपीएल इतिहासको रेकर्ड २८७ रनको स्कोर जारी सीजनमै बनियो। अश्विनले भने, इम्प्याक्ट प्लेयरको नियम नभएको भए पनि यस्तै स्कोर बनिने थियो। मेरो विचारमा ब्याटरहरूमा अधिक आत्मविश्वास रहेको छ अनि उनीहरूलाई पीचको मिजासले कुनै फरक पर्दैन। यसैकारण ठूलो स्कोर ब्याटिंग कौशलले गर्दा बनिएको हो, इम्प्याक्ट प्लेयरले गर्दा होइन। अश्विनले भने, भविष्यमा हरेक बलरलाई हिटर बन्नु पर्नेछ कारण जति नै राम्रो बलिंग गरे पनि म्याचमा हामीले पनि ब्याटिंग गर्नु पर्छ। खेल त्यही दिशामा अघि बढिरहेको छ। उल्लेखनीय छ, भारतीय कप्तान रोहित शर्माले केही दिन अघि इम्प्याक्ट प्लेयर नियमको आलोचना गर्दै यसले अलराउण्ड खेलाड़ीहरूका विकास प्रभावित भएको बताएका थिए। स्टार ब्याटर विराट कोहलीले यस नियमले गर्दा खेलको सन्तुलनलाई नोक्सान पुगेको बताएका थिए। सैयद मुश्ताक अली ट्रफी घरेलु टी२० टुर्नामेण्टमा प्रयोगपछि यस नियमलाई आईपीएल २०२३-को सत्रमा आधिकारिक रूपले लागू गरिएको थियो। बीसीसीआई सचिव जय शाहले चाहिँ केही दिन अघि यो नियम अस्थायी रहेको खुलासा गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement