इण्डिया स्किल कम्पिटिशनमा सिक्किमकी छोरीहरूले जितिन् काँस्य र रजत पदक, रम्फूमा भव्य स्वागत

IMG-20240523-WA0345.jpg

गान्तोक: भारत सरकारको कौशल विकास एवं उद्यमशीलता मन्त्रालय अधिनस्थ राष्ट्रिय कौशल विकास निगमद्वारा आयोजित इण्डिया स्किल कम्पिटिशन २०२४का पदक विजेता सिक्किमकी छोरीहरू राधिका छेत्री र कृष्ण कुमारी मुखियालाई आज रम्फूमा भव्य स्वागत जनाइयो। मेधावी स्किल यूनिभर्सिटीका छात्राद्वयलाई कम्पिटशनमा सहभागिता जनाएर आज घर फर्कने क्रममा राज्यको प्रवेशद्वार रम्फूमा विश्वविद्यालयद्वारा स्वागत कार्यक्रम आयोजना गरिएको थियो। यस अवसरमा विश्वविद्यालका शिक्षक-शिक्षिका, प्रवन्धन पक्ष अनि सहपाठि विद्यार्थीहरूले खादा माला लगाएर स्वागत जनाए। पदक विजेता छात्राद्वयको स्वागतमा विश्वविद्यालयको होटल म्यानेजमेन्ट विभागका विद्यार्थीहरूले विशेष केक बनाएका थिए।

गत १५ देखि १९ मईसम्म देशको राजधानी नयाँ दिल्लीमा भएको थियो इण्डिया स्किल कम्पिटिशन। प्रत्येक दुई वर्षमा एकपल्ट यो प्रतियोयगिता जम्मा ६१वटा विधामा आयोजना गरिन्छ। सिक्किम राज्यले यो वर्ष पहिलोपल्ट प्रतियोगितामा सहभागिता जनाएको हो। पहिले जिल्ला अनि राज्यस्तरबाट छनौट हुँदै राष्ट्रियस्तरको प्रतियोगितामा पुगेका राधिकार र कृष्णले स्वास्थ्य सेवाको क्षेत्रमा क्रमैले काँस्य अनि रजत पदक प्राप्त गर्न सफल बनेका छन्। उल्लेखनीय छ, यस वर्ष इण्डिया स्किल कम्पिटिशनमा देशका सबै राज्य र केन्द्रशासित प्रदेशबाट २ लाखभन्दा अधिकले सहभागिता जनाएका थिए।

सिक्किम राज्यबाट नै पहिलोपल्ट प्रतियोगितामा भाग लिँदा धेरै समस्याहरूको सामना गर्नुपरेको तर राज्यको निम्ति पदक जित्नु सुखद अनुभव रहेको पदक विजेताद्वय राधिकार र कृष्णको भनाइ। यस सफलताको निम्ति उनीहरूले विश्वविद्यालयलाई श्रेय दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement