यू जिनलाई पराजित गरी सिन्धू क्वार्टर फाइनलमा

IMG-20240523-WA0342.jpg

कुआलालम्पुर: दुईपल्टकी ओलम्पिक पदक विजेता पीभी सिन्धूले बिहीवार यहाँ संघर्षपूर्ण म्याचमा कोरियाकी सिम यू जिनलाई तीन गेममा पराजित गरी मलेशिया मास्टर्स सुपर ५०० ब्याडमिण्टन टुर्नामेण्टको क्वार्टर फाइनलमा स्थान बनाइन्। पूर्व विश्व च्याम्पियन तथा विश्वकी १५औं नम्बरकी खेलाड़ी सिन्धूले कोरियाकी विश्वकी ३४औं नम्बरकी खेलाड़ी यू जिनलाई महिला एकलको दोस्रो राउण्डमा ५९ मिनटमा २१-१३, १२-२१, २१-१४-ले पराजित गरिन्। यू जिन विरुद्ध यो सिन्धूको तेस्रो जीत हो। गत वर्ष अक्टोबरमा लागेको घुँड़ाको चोटबाट मुक्त भएर खेलमा फर्किएकी हैदराबादकी २८ वर्षीय सिन्धू आफ्नो फर्म हासिल गर्न विफल रहेकी थिइन्। पाँचौं वरीयता प्राप्त सिन्धूले अघिल्लो राउण्डमा शीर्ष वरीयता प्राप्त हेन युईसँग भिड़न्त हुनेछ। चीनकी यस खेलाड़ीले गत महिना भएको एशियन ब्याडमिण्टन च्याम्पियनशीपमा सिन्धूलाई पराजित गरेकी थिइन्। साल २०२२-मा सिंगापुर ओपनको रूपमा आफ्नो अन्तिम खिताब जित्ने सिन्धूकी विश्वकी छैटौं नम्बरकी खेलाड़ी विरुद्ध रेकर्ड असल रहेको छ। भारतीय खेलाड़ीले हेन युई विरुद्ध ६-मा ५ वटा म्याच जितेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement