मुख्यमन्त्री तामाङले दिए टोलीलाई बधाई
गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चाले कान्स इन्टरनेशनल फिल्म फेस्टिभल २०२४ मा सिनेमेटिक इतिहास रचेकोमा टिम “तारा: द लस्ट स्टार” लाई बधाई प्रकट गरेको छ। पार्टीले एक प्रेस बयान जारी गरेर कान्स अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२४ मा ऐतिहासिक प्रिमियरको लागि चर्चामा आएको फिल्म टोलीलाई बधाई प्रकट गरेको हो। साम्तेन भोटियाद्वारा निर्देशित र सावित्री छेत्रीद्वारा निर्मित उक्त फिल्मले इतिहास कायम गरेको उल्लेख गरेको छ। श्यामा श्री शेर्पा र किरण दाहाल अभिनीत कलाकारहरूको साथमा कलाकारहरुले सिक्किमको समृद्ध सम्पदामा चम्काउने र आकर्षक कथा र जीवन्त सांस्कृतिक चित्रणले विश्वभरका दर्शकहरूलाई मोहित गर्ने वाचा काम गरेको उल्लेक गरेको छ। सिक्कम सरकारको दुरदर्शी कार्यको फलस्वरूप सिक्किमको फिल्म, फेसन, कला र मनोरञ्जनले हालैका वर्षहरूमा अभूतपूर्व समर्थन, प्रोत्साहन र वृद्धि अनुभव गरेको भनाइ छ। यो वृद्धि राज्यमा एक जीवन्त र राजस्व वृद्धिका गि प्रभावी बन्ने बताएको छ। फिल्म टोलीलाई यसको श्रेय दिइएको छ र कान्स फिल्म फेस्टिभलमा फिल्मको प्रिमियर गर्नु एक उल्लेखनीय कोसेढुङ्गा हो जसको लागि एसकेएम पार्टीले कला र संस्कृतिको प्रवर्द्धनमा उनीहरूको योगदानलाई उच्च प्रशंसा र स्वीकार गरेको जनाएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले पनि टोलीलाई बधाई दिएका छन्। “तारा: द लस्ट स्टार” फिल्मको पूरै टिमलाई उनको उल्लेखनीय उपलब्धिको लागि बधाई दिन पाउँदा उत्साहित छु,” भनी मुख्यमन्त्री तामाङले आफ्नो फेसबुक पेजमा भनेका छन्। हिजोको स्क्रिनिङमा मिस श्यामाश्री शेर्पाले सिक्किम र फिल्मको प्रतिनिधित्व गरेकी थिइन्, जसले विश्वभरका कलाकार र प्रतिष्ठित व्यक्तिहरूको प्रशंसा बटुलेको थियो। आफ्नो खुसी व्यक्त गर्दै मुख्यमन्त्रीले थप लेखेका छन्, ‘यस चलचित्रको उत्कृष्ट कृतिलाई जीवन्त बनाउनका लागि निर्देशक, निर्माता र संलग्न सबैलाई म हार्दिक बधाई दिन्छु। मुख्यमन्त्रीले आफ्नो “विरासत देखी विकास” को दृष्टिकोणबाट हाम्रो संस्कृति र सम्पदाको प्रवर्द्धन र संरक्षण गर्न एसकेएम सरकारको प्रतिबद्धतालाई सार गरेको ठहर गरेको छ।