गान्तोक: दक्षिण जिल्लाको नाम्ची प्रशासनिक केन्द्रमा पोस्टल व्यालेट प्रणाली मार्फत मतदाताहरूबाट मतपत्र आउने कार्यजारी रहेको छ। नवौं चरणको मतपत्र आज जिल्ला प्रशासनिक केन्द्र नाम्चीमा आइपुगेको छ। आज जिल्ला चुनाउ अधिकारी र नोडल अधिकारीले मतपत्र ग्रहण गरेका थिए। यसअन्तर्गत २० वटा पोस्टल व्यालेट हस्तान्तरण गरेसँगै नाम्ची जिल्ला अन्तर्गतका सबै विधानसभा निर्वाचन क्षेबाट प्राप्त मतपत्रको कुल संख्या हालसम्म ३८८ पुगेको छ। आधिकारिक रुपमा प्राप्त भएपछि, मतपत्रहरू सम्बन्धित रिटर्निङ अफिसरहरूद्वारा बाकसमा अलग गरी सुरक्षित रूपमा राखिएको छ। राजनीतिक दलका निर्वाचन एजेन्टहरूको उपस्थितिमा भारतको निर्वाचन आयोगको निर्देशनअनुसार सम्पूर्ण प्रक्रियाको भिडियो खिचिएको थियो।