जलपाईगुडी: बुद्ध पूर्णिमाको अवसरमा आज विश्वमा शान्तिको सन्देश फैलाउने उद्देश्यका साथ जलपाईगुडी शहरमा बौद्ध सम्प्रदायका मानिसहरूले शोभायात्रा निकालेका छन्। बिहीबार दिउँसो जलपाईगुडी रेसकोर्स क्षेत्रमा रहेको गुम्बाबाट ठूलो शोभायात्रा निकालिएको थियो। यस दिन ठूलो संख्यामा बुद्ध धर्मावलम्बीहरुको शोभायात्रामा सहभागिता रहेको थियो। गौतम बुद्धको साना मूर्ति र टाउकोमा त्रिपिटक बोकेर महिलाहरुले शहर परिक्रमा गरेका थिए।

शोभायात्राले शहरको परिक्रमा गरी रेसकोर्समा समापन गरेको थियो। शान्तिको सन्देश दिन यो शोभायात्रा निकालिएको बताइएको छ।