सिक्किममा अन्तिम राजाको १०१औँ जन्मजयन्ती पालन

Gangtok-1

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मप्रसाद आचार्य, जो नामग्याल इन्स्टिच्युट अफ तिब्बतलोजी (एनआईटी) का अध्यक्ष पनि छन्, १२औं छोग्याल पाल्देन थोन्डुप नामग्यालको १०१औं जन्मजयन्ती समारोहमा मुख्य अतिथिको रूपमा सहभागी भए। कार्यक्रम एनआईटी देवरालीको चोग्याल पाल्देन थोन्डुप नामग्याल मेमोरियल पार्कमा भएको थियो। पाल्देन थोन्डुप नामग्याल, ओबीई, सिक्किम राज्यका १२औं र अन्तिम राजा थिएl जसको शासनकालले सिक्किमका लागि महत्वपूर्ण परिवर्तन र चुनौतीहरू ल्यायो, र उनको विरासतले यस क्षेत्रको सांस्कृतिक र ऐतिहासिक परिदृश्यलाई प्रभाव परेको छ। राज्यपाल आचार्यको आगमनमा अध्यक्षले न्यानो स्वागत गरेका थिए। मन्त्री अरुण उप्रेती, मन्त्री सोनम लामा; एनआईटी निर्देशक, पासाङ डी. फेम्पु; साथै अन्य पदाधिकारी, कर्मचारी, स्थानीय जनप्रतिनिधि र सर्वसाधारण उपस्थित थिए। स्वागत समारोहमा सम्मान र सद्भावनाको प्रतीकका रूपमा परम्परागत खड्डा र पुष्पगुच्छा प्रदान गरियो। राज्यपालले स्वर्गीय छोग्यालप्रति श्रद्धाञ्जली अर्पण गरेl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement