हाम्रो पार्टीको समर्थन कार्यक्रम

IMG-20240523-WA0320.jpg

जीटीएले गोर्खाहरूको दीर्घकालीन समस्यालाई समाधान गर्न सक्दैन: अजय एडवाडर्स

दार्जीलिङ: आज दार्जीलिङमा हाम्रो पार्टीको समर्थन कार्यक्रम सम्पन्न भएको छ। हाम्रो पार्टीमाथि जनताको आस्था र भरोसा पुनः बढदै गईरहेको भन्दै आज दार्जिलिङमा हाम्रो पार्टीले समर्थन कार्यक्रम आयोजना गरेको छ। यस क्रममा मानेभञ्ज्याङको १२ परिवारहरूले हाम्रो पार्टीमाथि आस्था र भरोसा राख्दै पार्टीको झण्डा समाएको जानकारी प्रेस विज्ञप्ति जारी गरी बताएका छन् दार्जिलिङको माल रोडस्थित हाम्रो पार्टी केन्द्रीय कार्यालयमा आज पार्टीको एक महत्वपूर्ण सभा सम्पन्न भयो। उक्त सभामा पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्स स्वयम् उपस्थित रहेका थिए। त्यसरी नै पार्टीको केन्द्रीय उपाध्यक्ष रोबर्ट छेत्री, भरत तामाङ लगायत केन्द्रीय नेतृत्वहरूको उपस्थिति रहेको थियो। यसै अवधि मानेभन्ज्याङको १२ परिवारहरूले हाम्रो पार्टीले मात्र पहाड र गोर्खा जातिको भलो गर्न सक्छ भन्ने आस्था र भरोसा राख्दै हाम्रो पार्टीमा सामेल भएक दाबी गरिएको छ। पार्टी अध्यक्ष अजय एडवाडर्सले सबै समर्थकहरूलाई पार्टीमा न्यानो स्वागत जनाउँदै पार्टीको झण्डा सुम्पिएका थिए।गत केही दिन अघिदेखि पहाडको कुना काप्चाहरूबाट हाम्रो पार्टीलाई समर्थन जनाउने क्रम जारी छ। यसै क्रममा आज मानेभन्ज्याङको १२ परिवारहरूले हाम्रो पार्टीको झण्डा समाएको छ। हाम्रो पार्टीले पहाड तराई डुवर्स एंव गोर्खाहरूको दीर्घकालीन मांगप्रति इमान्दारितापूर्वक काम गर्दै गरेको बताइएको छ। यस अवसरमा पार्टी अध्यक्ष अजय एडवाडर्सले भने, ‘म पहाड तराई डुवर्स एंव गोर्खाहरूको दीर्घकालीन मांगसँग कुनै पनि अवस्थामा सम्झौता गर्ने छुइन भन्दै अघिबाटै भन्दै आईरहेको छु। जीटीएको सत्ता चौकीमा बस्ने राजनैतिक दलको नेतृत्वहरूले पहाडवासीलाई केवल झुक्काउने कार्यहरू मात्र गर्दै आईरहेको छ।’
उनले अघि भने, ‘जीटीएले पहाड एंव गोर्खाहरूको दीर्घकालीन समस्यालाई समाधान गर्न सक्दैन। त्यसैकारण हामीले संवैधानिक व्यवस्थाको कुरा गरेका हौं।’
हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दादिताप्रति भरोसा गरेर पार्टीमा सामेल हुने समर्थकहरूले हाम्रो पार्टीले मात्र पहाड तराई डुवर्स अनि गोर्खाहरूको दीर्घकालीन समस्यालाई समाधान गर्न सक्छ भन्ने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement