सोनादा: भगवान बुद्धको जन्म जयन्तीको अवसरमा बिहीबार सोनादाका विभिन्न बौद्ध गुम्बा अनि मन्दिरहरुमा पूजा आर्चना गरि बुद्ध जयन्ती पालन गरिएको छ। यसै क्रममा अप्पर सोनादा टाँशी छोईलिङ बौद्ध गुम्बामा पनि २५६८ बुध्द जयन्ती पालन गरिएको छ। बुध्द जयन्तीको अवसरमा यस गुम्बाबाट धार्मिक रैलीको पनि आयोजना गरिएको छ। रैलीले सोनादा बजार परिक्रमा गर्दै पुन: गुम्बा परिसरमा ल्याइएको छ। यस अवसरमा सोनादाको टाँसी छोईलिङ गुम्बाका सदस्य सोनाम तामाङले जानकारी दिदै भने, आज सोनादाका विभिन्न गुम्बा अनि मन्दिरहरुमा बुद्ध जयन्ती पालन गरेका छन्। यसैक्रममा आज अप्पर सोनादा टाशी छोइलिङ बौद्ध गुम्बामा बिहान पूजा आर्चना गरि बुद्ध भगवानको प्रतिमा अनि पोस्तक साथमा गुम्बाको धर्मगुरु अनि भक्तजनद्वारा सोनादा बजार परिक्रमा गरि गुम्बाका धर्मगुरु राफ्गेय छामबालाको करकलमबाट सम्पुर्ण भक्तजनलाई छेवाङ (वाङ) प्रदान गरियो। सोनाम तामाङले थप जानकारी गराए अनुसार बौद्ध धर्मको परम्परा अनुसार शाखा दावा पूजा सम्पन्न भइरहेका छन्। यस अवसरमा गुम्बाहरुमा पुजा आर्चना गर्दै उपवास चलिरहेका छन्। सम्पूर्ण भक्तजनलाई टाँशी छोइलिङ बौद्ध गुम्बाको तर्फबाट बुद्ध जयन्ती अनि शाखा दावाको हार्दिक शुभकामना व्यक्त गर्दछौं भनी सोनाम तामाङले जनाएका छन्।