इम्फाल: मणिपुरमा हतियार अनि गोला-बारूदसँगसँगै उग्रवादीहरूलाई पक्राउ गर्ने सिलसिला पनि निरन्तर जारी छ। सोही क्रममा सुरक्षा बलहरूको अभियान अवधि प्रीपाक (प्रो) संगठनका दुईजना क्याडरहरूलाई पक्राउ गरियो।
मणिपुर पुलिसले आज जानकारी गराए अनुसार पुलिसले इम्फाल पूर्व जिल्लाबाट पक्राउ गरेको प्रीपाक (प्रो) संगठनका दुई सक्रिय क्याडरहरूको पहिचान सलाम एन लौरेंमबम उपनाम बेमबेम देवी (२४) तथा कांगाबाम सनातोंबा सिंह उपनाम अमूबा (४९)- को रूपमा भएको छ। यिनीहरूबाट तीनवटा मोबाइल फोन, एउटा दुई चक्के वाहन, ३५,००० रुपियाँ नगद अनि केही आपत्तिजनक वस्तुहरू जफत गरिएको छ। अग्रिम जाँचको निम्ति मामिला दर्ता गरिएको छ।
उग्रवादी गतिविधिहरूमा सामेल मानिहरूलाई कब्जामा लिनको लागि सुरक्षा बलहरूले राज्यभरि नै छापामारी अभियान संचालन गरिरहेका छन्।









