बंगालको तटीय क्षेत्रमा चक्रवातको सम्भावना

cyclone-copy

कोलकाता: बंगालले फेरि एक पटक आँधीको सामना गर्नुपर्ने सम्भावना छ। आँधी आयो भने नाम ‘रेमाल’ राखिन्छ। मौसम पूर्वानुमान महाशाखाले बिहीबार एक सूचना जारी गरेको हो। बंगालको खाडीमा बनेको चक्रवात बलियो भएर न्यून चापीय क्षेत्रमा परिणत भइसकेको मौसम विभागले जनाएको छ। यो दक्षिण-पश्चिम र छेउछाउको पश्चिम-मध्य बंगालको खाडीबाट उत्तर-पूर्वतिर सरेको थियो र अहिले पश्चिम-मध्य र बंगालको छेउछाउको खाडीमा अवस्थित छ। यो न्यून चापीय क्षेत्र बिहीबार थप उत्तर–पूर्वतर्फ सरेर शुक्रबार बिहानसम्म मध्य बंगालको खाडीमा बनेको न्यून चापीय रेखामा परिणत हुने सम्भावना छ।

शनिबार बिहान पूर्वी–मध्य बंगालको खाडीमा बनेको यो चक्रवाती आँधीमा परिणत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो डिप्रेसन चक्रवातमा परिणत भएमा थप उत्तरतर्फ सरेर आइतबार साँझसम्म बंगलादेश र छेउछाउको पश्चिम बंगालको तटसम्म पुग्नसक्ने मौसमविद्हरूले बताएका छन्। अलिपुर मौसम विभागका अनुसार शुक्रबार र शनिबार दक्षिण बंगालका सबै जिल्लाहरूमा हल्का वर्षा हुनेछ। शनिबार रातिदेखि पानी पर्नेछ। आइतबार ८० देखि ९० किलोमिटर प्रतिघण्टाको गतिमा हावासहित पानी पर्ने सम्भावना छ। दुई २४ परगना, पूर्वी मेदिनीपुरमा भारी वर्षा हुनसक्छ। सोमबार हावाहुरीको गति कम भएपनि त्यस दिन पनि पूरै दक्षिण बंगालमा पानी पर्ने सम्भावना छ। तर, उत्तर बंगालमा चक्रवातको कुनै असर पर्ने छैन।

आईएमडीले यो वर्ष उत्तर हिन्द महासागरको तटमा पुग्ने यो पहिलो चक्रवात हुने बताएको छ। न्यून चापीय क्षेत्र बनेका कारण शनिबार र २६ मईमा असम, मणिपुर, मिजोरम, मेघालय, नागाल्याण्ड, त्रिपुरा र अरुणाचल प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले चेतावनी दिएको छ। जालहारीहरूलाई  २६ मईसम्म बंगालको खाडीमा नजान आग्रह गरिएको छ। २५ मईमा, पूर्वी मेदिनीपुर, दक्षिण २४  परगना र उत्तर २४ परगनामा ४० देखि ५० किमी प्रति घण्टाको गतिमा मेघगर्जन र भारी वर्षाको चेतावनी छ। २६ मईमा यी जिल्लामा जाने गति ८० देखि ९० प्रतिघण्टा हुनेभएको छ। यसबाहेक कोलकाता, हावडा, हुगली, नादिया र झारग्राम जिल्लामा भारी वर्षा र आँधीको अरेन्ज अलर्ट जारी गरिएको छ। २७ मईमा पनि अवस्था उस्तै रहनेछ। त्यस दिन कोलकातासहित ५ दक्षिणी जिल्लाहरूमा अलर्ट जारी गरिएको छ। सो दिन यी जिल्लामा हावाको गति ६० देखि ७० किलोमिटर प्रतिघण्टा रहनेछ। सो दिन यी जिल्लामा थप चट्याङ पर्ने चेतावनी दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement